त्रियुगा वडा नम्बर दशको उमेद्वार सिफारिस

उदयपुर, ६ बैशाख ।  आसन्न स्थानीय निर्वाचनको लागि नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिका– १० उदयपुरले वडा अध्यक्षको लागि उमेद्वार सिफारिस गरेको छ । बोक्सेमा बिहिवार सम्पन्न एक बैठकले उमेद्वार सिफारिस गरेको हो । जसमा अध्यक्ष उमेद्वारको लागि नरबहादुर कार्की, गजेन्द्र राई, गणेश घिमिर र पवननुरी शेर्पाको नाम सिफारिस भएको छ । त्यसैगरि वडा सदस्यहरुमा नबिन राई, तुलबीरे कामी विश्वकर्मा र शुपराज राईको नाम सिफारिस भएको छ । यसैगरि महिला सदस्यका लागि कृष्ण कुमारी राई र दलित महिला सदस्याको लागि कालिमाया दमाईको नाम सिफारिस भएको छ । वडाले मेयर र उप–मेयरका लागि सिफारिस समेत गरेको छ । मेयर उमेद्वारको लागि किरण राई, बिमल राई, नारायण बुर्जा, मिन बहादुर ठकुरी, बैकुण्ठ दाहाल, भिम बहादुर बिक, पदम दाहाल, केदार दनुवार, यदु ढकाल र जीबन किरातीको नाम सिफारिस गरेको छ । यसैगरि साबित्रा कार्की, गिता खड्का “अजिता”, कमला राई र राधा खड्काको नाम सिफारिस गरिएको छ । वडाबाट नेपाली कांग्रेसले केहि दिन अघि नाम नाम सिफारिस गरिसकेको छ भने नेकपा एमाले चरम आन्तरिक द्धन्दमा फसेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *