उदयपुर । उदयपुरमा अवैद्य हतियारसहित जनता समाजबादी पार्टी (जसपा)का एक नेतालाई प्रहरीले बुधबार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा जसपाका जिल्ला सदस्य त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने बर्ष ५० को पर्शुराम चौधरी रहेका छन् । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी पेस्तोलसहित प्रहरीले सार्वजानिक गरिएका थिए ।
गोप्य सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरीको बिशेष टोलीले उनलाई ९ एमएममा लाग्ने ५ थान गोली र चन्दाका रसिदसहित पक्राउ गरिएको एसपी भिमबहादुर दाहालले बताए । सशस्त्र द्धन्द्धकालदेखि नै हतियार राखी चन्दाआतंक मच्चाउदै आएको भन्ने सूचनाका आधारमा उनलाई अनुसन्धानका क्रममा कान्छि श्रीमती श्यामकुमारी चौधरीको घरबाट पक्राउ गरिएको उनले बताए ।
प्रहरीले उनको पेस्तोल, गोली, अखिल नेपाल टे«ड युनियन महासंघ लेखिएको ८ ठेली सहयोग रसिद, नेकपा माओबादी केन्द्र लेखिएको तीन थान सदस्यता र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको ८५ थान सदस्यता पत्र वरामद गरेको जनाएको छ । एसपी दाहालका अनुसार कान्छि श्रीमतीको छोरी र सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ का २३ बर्षिय ववि चौधरी विचको प्रेम सम्बन्ध वुवा चौधरीले मन पराएका थिएनन् ।
त्यहीँ सम्बन्ध तोडन उनले छोरीको केटा साथीलाई फसाउने योजना अनुरुप ववि आएको मौकाछोपी कान्छि श्रीमतीको घरमा पेस्तोल राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी दाहालले बताए । उनले भने, ‘पर्शुरामले छोरी र केटाविचको सम्बन्ध टुटाउन निकै प्रयास गरेको देखिन्छ, त्यतिगर्दासमेत नभएपछि ववि आएको मौकाछोपी कान्छि श्रीमतीको घरमा गई व्यागमा पेस्तोल राखेर प्रहरी बोलाएर फसाउने नियत गरेको देखिन्छ ।
थपे, ‘हामीले अनुसन्धानका लागि उनको कान्छि श्रीमती, छोरी र केटा वविलाई ल्याएका छौँ, घटनामा उनीहरुको सम्लंग्नता अहिलेसम्म देखिएको छैन्, त्यसैले पर्शुराम वाहेक सबैलाई प्रकृया पुरा गरी छोडछौ । यसअघि उनी द्धन्द्धकालमा नेकपा माओबादी केन्द्रको लडाकु र त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य तथा भ्रातृ संगठन मजदुर संघको जिल्ला संयोजक रहेको खुलेको छ ।
उनी २०७७ माघ ४ गते जसमामा प्रवेश गरी सोही पार्टीको जिल्ला सदस्य रहेको खुलेको छ । प्रहरीले उनको आर्थिक अवश्थालाईसमेत सुक्ष्म ढंगले अनुसन्धान गरेको जनाएको छ । त्यसक्रममा चौधरीले चन्दाबाट राम्रै रकम असुल गरेको देखिएको एसपी दाहालले बताए । पक्राउ परेका चौधरीलाई अवैद्य हातहतियार तथा खरखजना ऐनअन्र्तगत मुद्दा दर्ता गरिने उनले बताए ।
यसैविच प्रहरीको प्रारम्भिक अनुसन्धानबाट द्धन्द्धको बेला अवशेषकारुपमा अझै पनि हतियार रहेको देखाएको छ । ‘सदरमुकाम गाईघाटमै द्धन्द्धकालिन हतियार देखिनुले त्यसबेलाका सबै हतियार राज्यलाई नबुझाएको देखिन्छ, एसपी दाहालले भने, ‘समायोजनका बेला पनि सबै हतियार नबुझाएको देखिएकाले हामी थप अनुसन्धानमा जुटेका छौ ।