गोर्खा सेमेस्ट्रिज ट्रष्टद्धारा उदयपुर कोरोना अस्पताललाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण

उदयपुर । गोर्खा सेमेस्ट्रिज ट्रष्ट नेपालद्धारा उदयपुर स्थित चौदण्डीगढीमा रहेको कोरोना अस्पताललाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । करिब पाँच लाख बराबर मुल्य पर्ने पाँच थान पोर्टेवल भेन्टिलेटर अस्पताललाई हस्तान्तरण गरिएको गोर्खा सेमेस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले बताए ।

अध्यक्ष राईकाअनुसार कोरोना महामारीको कारण संक्रमितहरुले अकालमा ज्यान जाने गरेको भन्दै संस्थाले सो सामाग्री हस्तान्तरण गरेको हो । उक्त सामाग्री गोर्खा सेमिट्री ट्रष्ट हङकङमा आवद्ध भई सामाजिक क्षेत्रमा काम गर्दै आएका हङकङ अध्यक्ष रत्न खिमदुङ राई, सचिब अमोद राई र कोषाध्यक्ष सञ्जय राईको पहलमा ५० थान पोर्टेवल भेन्टिलेटर नेपाल आएको थियो ।

संस्थाले अस्पताल पुगेर बुधवार हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र राई, उपाध्यक्ष मणिकुमार सुनवार, महासचिब भोजानन्द राई, सचिब शान्तामाया परियार र कोषाध्यक्ष रञ्जु राई लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

उनिहरुले हङकङबाट आएको ५० थान पोर्टेवल भेन्टिलेटर अहिलेसम्म गन्डकी प्रदेश, लुम्बुनी प्रदेश, प्रदेश नं. दुईमा रहेको कोरोना अस्पतालहरुमा हस्तान्तरण गरिसकेको छ भने अहिले प्रदेश नं. एकमा रहेको अस्पतालहरुमा अस्तान्तरण भईरहेको संस्थाका कोषाध्यक्ष रञ्जु राईले बताईन् । कोषाध्यक्ष राईकाअनुसार आवश्यक पर्ने अस्पतालहरुलाई पनि संस्थाले उपलब्ध गराउने छ ।

Facebook Comments