उदयपुर । उदयपुरमा अवैध काठ सहित काठसहित ट्रयाक्टर पक्राउ परेको छ । लोड गरी लैजादैँ गरेको एक ट्रयाक्टर पक्राउ परेको छ । सो काठसहितको ट्रयाक्टर जिल्लाको नगरपालिकामा पक्राउ परेको हो ।
बुधबार साढे ९ बजेको समयमा बेलका–१ खरीखोलाबाट चिरान नगरेको सालजातको लोड गरिएको २३ थान काठसहित ट्रयाक्टर पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चेक पोष्ट आम्बासी उदयपुर स्थितमा चेकजाँच गर्ने क्रममा खरीखोला सव डिभिजन वन कार्यलयबाट डिभिजन वन कार्यालय उदयपुर तर्फ जादैँ गरेको प्रदेश नं.१०२–००३ त १३८६ नम्बरको ट्रयाक्टर पक्राउ पत्ररेको थियो ।
आधिकारीका पत्र समेत नभएको काठलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरले नियन्त्रणमा लिएको छ । काठ र ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिका लागि आज (विहिबार) डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाएको प्रहरीले जनाएको छ ।
Facebook Comments