बरुवाको नयाँ नेतृत्वमा भगवती घिमिरे

बोक्से । बरुवा सामुदायिक बन उपभोक्ता समिति उदयपुरको नयाँ नेतृत्वमा भगवती प्रसाद घिमिरे चयन भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेमा रहेको सो समितिको तेस्रो अधिवेशन तथा साधारणसभाबाट घिमिरे सर्बसहमत चयन भएका हुन् ।

अधिवेशन तथा साधारणसभाले घिमिरे नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चयन हुने नयाँ कार्यसमितिको उपाध्यक्षमा सुबिन्द्र बि.क., सचिबमा गिता घिमिरे भट्टराई, सह–सचिबमा मिलन राई र कोषाध्यक्षमा भोजराज गुरागाई रहेका छन् ।

यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा चन्द्र प्रसाद पोखरेल, होमादेबि पौडेल, ज्ञानुकुमारी श्रेष्ठ, सिता लुईटेल, झलक बहादुर थापा र कमल बहादुर थापा रहेका छन् । त्यसैगरि सदस्यहरुमा तुलसा बस्नेत, लालधोज कामी, बुद्धिप्रसाद रिजाल, दिपक खतिवडा, सिता बस्नेत र हिरा बि.क. रहेका छन् । उनिहरुलाई शनिबार निर्वाचन मण्डलका संयोजक नरेन्द्र कुमार श्रेष्ठले सपथ गराएका थिए ।

Facebook Comments