रौतामाईद्धारा ३६ जना सुत्केरी आमालाई दिए सात हजार पाँच सय बराबरको कोसेली

जीवन राई
भुट्टटार । उदयपुरको रौतामाई २ ओख्रेनीकी २४ वर्षिय भिमा मुक्तान एक महिनाकी सुत्केरी हुन् । आर्थिक अवस्था कमजोर हुँदा सुत्केरी उकास्ने जोहो पनि थिएन् । तर दुई दिन अगाडी स्वास्थ्यचौकी भुट्टारबाट खबर गयो । तपाई स्वास्थ्यचौकीमा आएर शुरक्षित सुत्केरी हुनुभएकोमा गाउँपालिकाले सम्मान स्वरुप कोशिस दिदै छ ।

यहि सुचनाले रौतामाई गाउँपालिकाको २ को वडा कार्यालय भुट्टटार आईपुगेकी मुक्तानले आफुले पाउदै गरेको सामाग्री देखेपछि उनको अनुहार मात्र उज्यालिएन, गहभरी आशु पनि टिल्पिलिए । उनले भनिन “गरिवलाई हेर्ने गाउँपालिका रहेछ ।”

गएको साउन महिनादेखी स्वास्थ्यचौकी भुट्टटारमा सुरक्षित सुत्केरी हुने वडा नम्बर २ का ३६ जना महिलाहरु छन् । उनीहरुलाई ‘सुत्केरी कोसेली’ वितरण गर्दै गर्दा मुक्तान जस्तै अन्य सुत्केरीहरुले पनि खुशि व्यक्त गरेका थिए ।

रौतामाई गाउँपालिकाको आर्थिक वर्ष ७७÷७८ को नीति तथा कार्यक्रम अन्र्तगत केहिदिनबाट “उपाध्यक्ष ज्यूसँग सुत्केरी भेटघाट कार्यक्रम” शुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले जानकारी दिए । उनकाअनुसार ‘सुत्केरी महिलाहरुले सात हजार पाँच सय बरावरको सामाग्री पाउने छन ।’

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः


मातृशिशु मृत्युदरलाई कम गराउदै शुरक्षित रुपमा अस्पतालमै गएर बच्चा जन्माउनु पर्छ भन्ने शन्देस फैलाउनका लागि रौतामाई गाउँपालिकाको ८ वटै वडाहरुमा पुगेर सुत्केरीसँग भेटघाट गर्दै सामाग्री वितरण गरिने पालिकाका उपाध्यक्ष कुमारी ज्यू ठकुरीले बताईन् ।

सुत्केरी कोसेली प्याकेजमा २५ केजी चामल, सुत्केरी आमालाई सुतिको साडी, बच्चालाई बाबासेट, व्याङ्केट, ५ सय ग्राम ज्वानो, ३ सय ग्राम मेथी, १ केजी सख्खर, ५÷५ डल्ला नुहाउने र लुगाधुने सावुन, १ केजी सर्फ, टावल लगायत १५ सय बराबरको कुखुराको भाले, १ हजारको घ्यू खरिद गर्नका लागि २ हजार ५ सय नगद समेत दिईएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बविता परियारले जानकारी दिईन् ।

परियारका अनुसार सुत्केरी भेटघाट कार्यक्रमले आमालाई आत्मासम्मान साथै प्रोत्साहन मिल्ने र परिवारका सदस्यहरुलाई समेत सुत्केरी आमा र बच्चा प्रति थप जिम्बेवारी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
नागरिकलाई नजिकको सरकारको रुपमा अपनत्व गराउदै, सामान्य तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई समेत सुत्केरी उकास्न सहयोग पुगोस् भनेर उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम ल्याईएको र यसलाई निरन्तरता दिईने गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए ।

जनचेतनामा बृद्धि भएका कारण पछिल्लो समय रौतामाई गाउँपालिकामा सुरक्षित रुपमा स्वास्थ्यचौकीमै गएर शुरक्षित सुत्केरी गराउने दर बढेको पाईएको छ । गाउँपालिकाभरीमा वार्षिक दुई सयको हाराहारीमा स्वास्थ्यचौकीहरुले सुरक्षित सुत्केरी गराउदै आएको स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले जानकारी दिए ।
सुत्केरी भेटघाट कार्यक्रम सम्पन्न गर्नका लागि यस वर्ष गाउँपालिकाले पाँच लाख बराबरको कोष बनाएको छ भने बहुक्षेत्रिय पोषण योजना कार्यक्रमले सोही कार्यक्रमका लागि पाँच लाख रुपैया विनियोजन गरेको बताईएको छ ।

उपाध्यक्ष कुमारी ज्यू ठकुरीको हातबाट चार महिनाकी सुत्केरी अम्विका मगरलाई सुत्केरी सामाग्री हस्तान्तरण गर्दै सुरुवात गरिएको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष खविन्द्र बहादुर रासकोटी, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल, कार्यपालिका सदस्य देवी दाहाल, वडा नम्बर २ का वडा सदस्य सरिता परियार लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments