राष्ट्रिय महिला लिगमा सहभागी खेलाडीहरुलाई गृह जिल्लामा सम्मान

उदयपुर । जिल्ला खेलकुद विकास समिति उदयपुरले राष्ट्रिय महिला लिगमा सहभागी उदयपुर चौदण्डीका खेलाडीहरुलाई सम्मान तथा स्वागत गरेको छ । खेल सकेर शनिवार गृह जिल्ला फर्केका खेलाडीहरुलाई गाईघाट स्थित खेलकुद विकास समिति उदयपुरले सम्मान गरेको हो ।

खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाशराम राईले कदर पत्र प्रदान गर्दै खेलमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई कार्यालयमै सम्मान गरेका थिए । राष्ट्रिय स्थरमा आफ्नो सहभागी दिएर प्रतिस्पर्धा गर्दै उदयपुरको प्रतिनिध्व गरेका खेलाडी टिमहरुलाई आउँदो खेलमा सफलताको कामना सहित सम्मान गरेको कार्यालय प्रमुख प्रकाशराम राईले बताए ।

उनले खेलमा सहभागी सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद सहित आउँदो समयमा खेलकुद क्षेत्रमा व्यवसायीक व्यक्तिगत विकास तथा सफलताको शुभकमान समेत व्यक्त गरेका छन् । चौदण्डीगढी नगर युवा खेलकुद संयोजक ससि चन्द्र राईले खेलाडीहरुलाई बिभिन्न कारण बस राम्रो प्रशिक्षक दिन नसकेको बताए । उनले खेलाडीहरुलाई राम्रो तयारी गर्न नसक्नु पनि चौदण्डी टिमको समस्या रहेको बताए ।

Facebook Comments