उदयपुरमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयका खुल्यो

उदयपुर, ३ बैशाख ।  बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उदयपुरमा आईतबार एक कार्यक्रमका विच मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको छ ।
जिल्ला न्यायाधिश एवंम मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले त्रियुगा नगरपालिका–१० बोक्सेको वडा कार्यालयलाई प्रयोग गर्ने गरी कार्यालय उदघनाटन गर्नु भएको हो । मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउने जिम्मेवारी रहेको छ । त्यस्तै, मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभित्र निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने अधिकार पनि तोकिएको छ । जिल्ला सदरमुकाममा रहने स्थानीय तहको निर्वाचन अधिकृतको भूमिका पनि निर्वाह गर्ने गरी मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकिएको छ । कार्यालय उदघाटनसँगै कामकाजसमेत सञ्चालनमा ल्याएको छ । nirbachan-2

कार्यालयले आईतबारदेखि नै जिल्लाका ४ गाउँपालिका र ४ नगरपालिकाका २ सय २२ मतदान केन्द्रका निर्वाचन प्रकृया सुरु गरेको मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । १ लाख ७५ हजार ४ सय ६१ मतदाता रहेको उदयपुरमा संबिधान सभामा भाग लिएका १५ वटा दलसहित २३ वटा दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएको निर्वाचन अधिकृत एकबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जिल्लाका २ सय २२ मतदान केन्द्रमा १ हजार १ सय १० जना कर्मचारी खटाउने तयारी गरिएको छ । मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत, कार्यालय सहयोगी १÷१ जना र अन्य बश्यकक्ताअनुसार थपिनेछ । त्यसैगरी निर्वाचन आयोगले जिल्लाका ८ वटै स्थानीय तहमा उपसचिवलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिई पठाएको छ । अधिकृत बस्नेतकाअनुसार नगरपालिकाहरुमा बेलका हरी पोखरेल, चौदण्डीगढीमा पुण्य लुईटेल, त्रियुगामा महेन्द्रबहादुर कार्की, कटारीमा गुरुप्रसाद वाग्लेलाई खटाएको छ । त्यस्तै गाउँपालिकामा सुनकोसीमा प्रकाशजङ कार्की, ताप्लीमा उद्धवप्रसाद रिमाल उदयपुरगढीमा रुद्र कार्की र रौतामाईमा चिरन्जिवी तिमल्सिना रहेका छन् । स्थानीय तहका निर्वाचन अधिकृतहरुले स्थानीय तहमा भने वैशाख १२ गतेसम्ममा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिसक्नु पर्ने प्रावधान रहेको छ ।
nigranipost

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *