गजेन्द्र राई
उदयपुर ३ बैशाख । ठेकेदारको लापरवाहिका कारण सडक मर्मत तथा ग्राभेलिङ कार्य गुणस्तरहिन भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१० मा पर्ने घलेटोल देखि जिल्ला प्रहरी कार्यालयको पूर्वपटि रहेकोे खोल्सिसम्म मर्मत हुदै गरेको सडक मर्मत तथा ग्राभेलिङ कार्य गुणस्तरहिन भएको हो ।
वडा नागरिक मञ्चकोे एक बैठकमा समेत सडक मर्मत तथा ग्राभेलिङबारे कुरा उठेको छ । सो बैठकमा स्थानीयहरुले सडक मर्मत तथा ग्राभेलिङबारे ब्यापक गुनासो गरेका छन् । त्रियुगा नगरपालिका गाईघाटको ठेक्का सम्झौता अनुसार छ लाख आठ हजार पाँच सय पचपन्न रुपैया लागत रकम रहेको छ । यति ठूलो रकमको योजनामा छ ईन्च ग्राभेलिङ गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीको कारण सामन्य ग्राभेलिङ भएको स्थानीयहरु बताउँछन् । स्थानीयहरुको अनुसार छ ईन्च हुनुपर्ने भएपनि धेरै जस्तो ठाउँहरुमा तिन ईन्च ग्राभेलसमेत नगरिएको पाईएको छ । यसबारे समन्धित निकायले गम्भिर्तापूर्ण अनुगमन गर्नुपर्ने स्थानीयहरुको भनाई छ ।
उक्त मर्मत तथा ग्राभेलिङको काम शुसम आदित्य विजय निर्माण सेवाले ठेक्का पाएको छ । नगरपालिका र निर्माण सेवाको सम्झौतामा बैशाख पाँच गतेसम्म मर्मत तथा ग्राभेलिङको काम सम्पन्न गर्नु पर्ने छ ।
ठेकेदारको लापरबाहिले सडक मर्मत तथा ग्राभेलिङ गुणस्तरहिन
Facebook Comments