उदयपुर ३ बैशाख । शान्ति समिति उदयपुरको संयोजकमा ने.क.पा. माओवादी केन्द्रका द्रोण पौडेल “निरज” निर्वाचित भएका छन । स्थानीय स्तरमा हुने द्धन्द्धलाई समाधान गर्ने उद्देश्यले गठित स्थानीय स्थानीय शान्ति समितिको आईतबार बसेको एक बैठकले माओवादी केन्द्र उदयपुरका सहसंयोजक समेत रहेको निरजले ९ मत प्राप्त गरि विजयी बनेका हुन । समितिको संयोजक चयनमा संघीय समाजवादी फोरमका ललित साह, नजबुल खान, त्रियुगा उद्योग बाणिज्य संघकी हस्तमाया राईले प्रतिस्पर्धा गरेका थिए ।
स्थानीय शान्ति समितिको निर्देशिका अनुसार १३ मत मध्ये निरजले ९ मत प्राप्त गरेको निर्वतमान संयोजक दत्तनारायण केसीले बताए । ६÷६ महिनामा संयोजक परिवर्तन हुने स्थानीय शान्ति समितिको निर्देशिका अनुसार आगामी ६ महिनाको लागि संयोजकमा चयन गरिएको शान्ति समितिका निर्वतमान संयोजक केसीको भनाई छ । पौडेलले १४ औ संयोजकको रुपमा आजै पदवाहाली गरेका छन । निवर्तमान संयोजक केसीले पद हस्तान्तरण गर्दै निरजलाई शान्ति समितिको निर्देशिका भित्र रही संयोजक पदको गरिमालाई जोगाउन आग्रह गरे । उनले भने ‘उदयपुर जिल्ला शान्ति समितिले देशमै अलग्गै पहिचान बनाई सकेको कारण त्यसको गरिमालाई जोगाउनु आजको आवश्यकता हो ।’
पदभार ग्रहण गर्दै नवनियुक्त संयोजक निरजले जिल्लामा दिगो शान्ति स्थापना गर्न स्थानीय शान्ति समितिले यस अघि खेलेको भूमिकालाई समेत नजिरको रुपमा ग्रहण गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने ‘म आफै पनि द्वन्द्व भोगेर आएको हुनाले विशेष गरि पीडित परिवारका समस्याहरुलाई हल गर्ने प्रमुख कार्य हुनेछ ।’ उनले स्थानीय स्तरमा हुने द्धन्द्ध व्यवस्थापन र द्धन्दपीडित परिवारहरुलाई राहतको लागि सदैव क्रियाशिल रहने समेत बताए ।
शान्ति समिति उदयपुरको संयोजकमा पौडेल
Facebook Comments