मोवाइल चार्ज गर्ने क्रममा उदयपुरमा एकको मृत्यु

उदयपुर, ३ बैशाख । मोवाइल चार्ज गर्ने क्रममा करेण्ट लाग्दा उदयपुरमा आईतवार एक युवाको ज्यान गएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्से स्थित करमगाछिका १६ बर्षिय चित्रबहादुर बिकको ज्यान गएको हो । उनको त्रियुगा नगरपालिका–२ जोगिदह स्थित दिदीको घरमा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार मोवाइल चार्ज गर्ने क्रममा करेण्ट लागेर घाइते भएका बिकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो । मृत बिकको शब पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईएको छ ।nigranipost

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *