सह–लेखापाललाई कार्वाहीको माग

गजेन्द्र राई
उदयपुर, ५ बैशाख ।  उदयपुरमा एक सरकारी कार्यालयको सह–लेखापालले कार्यादेश र कानुन बिपरित काम गरेको भन्दै कार्वाहीको माग गरिएको छ । डिभिजन सहकारी कार्यालय उदयपुरको सह–लेखापाल चित्र प्रसाद आचार्यलाई कार्यादेश र कानुन बिपरित काम गरेको भन्दै कार्वाहीको माग गरिएको हो ।
pattra२०७३÷०७४ पत्र संख्या र ६५० चलानी नम्बर भएको पत्र सहकारी बिभाग कर्मचारी प्रशासन शाखा नयाँ बानेश्वर काठमाडौंमा सह–लेखापाल आचार्यलाई कार्वाहीको माग गर्दै लेखिएको छ । डिभिजन सहकारी कार्यालय उदयपुरले २०७३ चैत्र १५ गते लेखेको पत्रमा सह–लेखापाल आचार्यले बिभागले दिएको कार्यादेश भन्दा माथी गई कानुन विपरित कामहरु गरेको आरोप रहेको छ । उनले कार्यायल प्रमुख नभएको समयमा अन्य कर्मचारीलाई समेत कुनै पनि जानकारी नगराई घर बसेको, कार्यालय प्रमुख नभएको समयमा भ्रमण आदेश स्विकृत गराएको र अन्य आर्थिक कारोवारहरुमा पनि हिनामिना गर्ने गरेको पत्रमा उल्लेख छ । पत्र सामान्य प्रशासन कार्यालय सिंहदरवार काठमाण्डौं, अर्थ मन्त्रालय सिंहदरवार काठमाण्डौं र जिल्ला प्रशासन कार्यालय उदयपुरमा समेत बोधार्थ गरिएको छ । यस घटनालाई कार्यालयले गुपचुपमा राख्न खोजेपनि पछिल्लो समय एकाएक घटना सार्वजनिक भएको कर्मचारीहरु बताउँछन् ।ad

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *