उदयपुरमा अवैध सुर्तिसहित दुई पक्राउ

उदयपुर । उदयपुर प्रहरीले अवैध सुर्ति भित्र्याउँदै गरेको अवस्थामा १ महिलासहित दुईजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले त्रियुगा नगरपालिका १० चप्पनस्थित गाईघाट साउने खण्डको सडकबाट स १ ह ११३५ नं. को अटोरिक्सामा ल्याउँदै गरेको सुर्तिसहित उनीहरु पक्राउ परेका हुन् ।

अटोमा बोकेको ४ बोरा कविर कम्पनीको सुर्तिसहित त्रियुगा नगरपालिका १० की ३७ वर्षीया दिलमाया बिक र अटो चालक त्रियुगा नगरपालिका ११ का ४३ वर्षीय कृष्णबहादुर खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अटोमा चेकजाँच गर्दा सुर्ति भेटिएको तर, कानुनी आधार खुल्ने कुनै कागजात नभेटिएकाले नियन्त्रण गर्नुपरेको प्रहरी भनाई छ । बिक र खड्कालाई जिल्ला प्रहरी कार्यालयमार्फत अनुसन्धान सुरु भएको छ भने सुर्ति आन्तरिक राजश्व कार्यालय लाहान पठाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् ।

Facebook Comments