उदयपुर । लगभग नियन्त्रणको अवश्थामा पुगेको कोरोना भाईरस उदयपुरमा पुनः फैलिएको छ । एक सय १८ जना संक्रमित मध्ये ५ जना मात्र उपचाररत अवश्थामा रहेकोमा शनिबार जनप्रतिनिधि सहित ६ जना पुनः थपिएका छन् ।
धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार ५४ बर्षिय मेयरसहित ४०, ४३, २८, ४२ बर्षिय पुरुष र १८ बर्षिया युवतीलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुमध्ये एक जना स्वास्थ्यकर्मीसमते रहेका छन । एक साता अघि मेयरका ८२ बर्षिय वुवालाई उपचारका क्रममा विपी कोईरालामा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोराना देखिएपछि शनिबार देखिएका ६ जना नै कन्ट्रयाक टे«सिङ्गमा थिए । यसअघि जिल्लामै पहिलोपटक सोही नगरपालिकाका ६५ बर्षिय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको थियो ।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय २४ जना पुगेका छन् । त्यसमध्ये ९२ जना पुरुष र ३२ जना महिला रहेका छन् । ंकोरोना भाईरस नियन्त्रणको अभियान लिएर गाउँ पसेका जनप्रतिनिधिलाई नै कोरोना पोजेटिभ देखिएपछि उदयपुरको बेलका नगरक्षेत्रमा फेरी त्रास फैलिएको प्रमुख सुवेदीले बताए ।
मेयरमा पोजेटिभ देखिएपछि पालिकाका सबै जनप्रतिनिधि र कर्मचारी कन्ट्रयाक ट्रेसिङमा परेका छन् । त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केबाट उदयपुरमा सुरु भएको कोरोना भाईरस भुल्केपछि सबैभन्दा बढि बेलका नगर क्षेत्रमा संक्रमित देखिएका छन् ।
संक्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ७० जना, बेलका नगरपालिकामा ४० जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ हजार ९ सय ६२ जना महिलासहित सात हजार ७ सय २२ ले पिसिआर परीक्षण गरिसकेका छन् ।
त्यसमध्ये सात हजार ६ सय ८९ जनाको रिर्पोट आईसकेको छ । कार्यालयकाअनुसार २० जना पुरुषसहित २३ जना क्वारेन्टाईनमा रहेका छन् भने चार सय ५४ जना पुरुषसहित चार सय ७२ जना होमक्वारेन्टाईनमा रहेका छन् ।