उदयपुर । उदयपुरका जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नाललाई कोरोना पोजेटिभ देखिएको छ । प्रादेशिक अस्पताल विराटनगरस्थित कोरोना प्रयोगशालामा मंगलबार गरिएको परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको हो ।
उनीसँगै जिल्लामा कोरोना भाईरसकको संक्रमित संख्या एक सय २५ पुगेको छ । त्यसमध्ये ९३ जना पुरुष र ३२ जना महिला रहेका छन् । दश दिनअघि आमाको उपचारमा बिराटनगर स्थित अस्पतालमा पुगेका उनलाई त्यहीँबाट कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ ।
लामो समयदेखि उनी विराटनगर नै रहेकाले जिल्लामा कन्ट्रयाकटे«सिङ्ग कम रहेको बताइएको छ । दुई दिन अघि मात्र जिल्लामा फर्किएका उनी आउनसाथ शंका लागेपछि सरकारी निवासमै बस्दै आएका थिए । उनको दुई दिन अघि मात्र जिल्ला स्वास्थ्य कार्यालयले स्वाब संकलन गरेको स्वास्थ्य प्रमुख मोहन सुबेदीले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टी भएसँगै उनलाई उदयपुर कोभिड १९ अस्पताल बेल्टार पठाईएको उनले बताए । त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केबाट उदयपुरमा सुरु भएको कोरोना भाईरस भुल्केपछि सबैभन्दा बढि बेलका नगर क्षेत्रमा संक्रमित देखिएका छन् ।
संक्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ७१ जना, बेलका नगरपालिकामा ४० जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ हजार ९ सय ७५ जना महिलासहित सात हजार ७ सय ६१ जनाको पिसिआर टेष्ट गरिएको छ । त्यसमध्ये सात हजार सात सय २३ जनाको रिर्पोट आईसकेको छ । कार्यालयकाअनुसार १२ जना पुरुषसहित १५ जना क्वारेन्टाईनमा रहेका छन् भने चार सय ५४ जना पुरुषसहित चार सय ७२ जना होमक्वारेन्टाईनमा रहेका छन् ।