सेक्स प्रस्तब राख्ने अहेब पुनः स्वास्थ्य चौकी मुर्कुचीमा

उदयपुर । आफ्नै सहकर्मीलाई सेक्स प्रस्ताब राख्ने एक अहेब पुनः स्वास्थ्य चौकी मुर्कुचीमा फर्किएका छन् । मुकुर्ची फर्किनेमा उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित मुर्कुची स्वास्थ्य चौकीमा कार्यरत अहेब श्याम साह रहेका छन् ।

उनलाई आफुसँगै कार्यालयमा कार्यरत एक महिला सहकर्मीलाई सेक्स प्रस्ताब गरेको आरोप लागेको छ । सो प्रस्ताबपछि पीडित महिलाले स्वास्थ्य शाखा भुट्टारमा दिएको उजुरीको आधारमा उनलाई काजमा सरुवा गरिएको स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले बताए ।

प्रमुख चौधरीका अनुसार गाउँपालिकाको वडा नम्बर ३ स्थित लाफागाउँ स्वास्थ्य चौकीमा सरुवा गरिएको थियो । अहिले स्वास्थ्य शाखाले गरेको निर्णयअनुसार कार्वाही फुकुवा भएसँगै अहेब साह गत आईतबारबाट पुनः मुर्कुचीमा हाजिर भएका छन् । उनलाई कार्वाही स्वरुप काजमा गत साउनमा लाफागाउँ सरुवा गरिएको थियो ।

Facebook Comments