बालिका बलात्कार कसुरमा १२ बर्ष कैद

उदयपुर । बालिका बलात्कारको आरोपमा पक्राउ परेका उदयपुरका एक युवालाई जिल्ला अदालतले १२ बर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश मनोक केसीको इजलासले ११ बर्षिया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै रौतामाई गाउँपालिका ३ मझौका २४ बर्षिय भविन्द्र राईलाई १२ बर्ष कैद र पीडितलाई पाँच हजार क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको हो ।

२०७६ कात्तिक ८ गते राती मतानमा सुतिरहेकी बालिकालाई कसुरदारले बलात्कार गरेको भन्दै परिवारले कात्तिक १४ जिल्ला प्रहरी कार्यालयका जाहेरी दिएका थिए । निवेदन दिए लगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले मंसिर ११ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

Facebook Comments