जङ्गली जनवारबाट भएको क्षेति नगरपालिकाले व्यहोर्छः मेयर थापा

बेलका । उदयपुरको बेलका नगरपालिकामा मानव बन्यजन्तु द्धन्द ब्यपस्थापन सम्बन्धि सचेतनामुलक एक दिने गोष्ठि सम्पन्न भएको छ । नगरपालिका र कोशी बन्यजन्तु आरक्षणको संयुक्त आयोजनामा शनिबार सो गोष्ठि सम्पन्न भएको हो ।

कार्यक्रममा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बेलका नगरपालिका र कोसी टप्पु वन्यजन्तु आरक्षण भौगोलिक रुपमा जोडिएकोले जङ्गली वन्यजन्तुहरु गाउँ बस्ने र धनजनमा क्षेति पु¥याउने गरेको बताए ।

मेयर थापाले मानव समुदाय र वन्यजन्तु तथा किटपतंगको सम्बन्ध अनुन्याश्रीत भएकोले यसको संरक्षण तथा सम्बद्र्धनका लागि सबै मानव समुदाय लागि पर्नु पर्ने बताए । उनले कुनै पनि बन्यजन्तुले नगरपालिकाभित्र जनधनको क्षेति पु¥याए त्यसको सबै क्षेति नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

त्यसैगरि कोसी टप्पु वन्यजन्तु आरक्षणका वन्यजन्तु संरक्षण अधिकृत (वार्डेन) रामदेव चौधरीले खानाको खोजिमा कोशी टप्पुमा रहेको १७ वटा हात्ती गाउँ पसेर क्षेति पु¥याउने गरेको बताए । प्रमुख चौधरीले बेलामौकामा निस्कने ती हात्तीबाट सबै सजक रहन स्थानीयलाई आग्रह गरेका छन् । उनले टप्पुमा बस्ने चराहरु दिनानुदिन घट्दै आएको समेत जानकारी गराए ।

प्रमुख चौधरीका अनुसार चराहरु घट्नुमा खानेकुराको अभाब र बिद्युुतिय तरंग जस्ता कारणहरु रहेको छ । उनले बन्यजन्तुको आक्रमणबाट चराहरुलाई बचाउन आधुनिक अलर्ट चिप्स, बत्तिको प्रकाश जस्ता अत्तिआवश्यकीय उपकरणको लागि बेलका नगरपालिकासँग जडानका लागि माग समेत गरेका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयबासीको बाकुलो उपस्थिति रहेको थियो ।

Facebook Comments