बालक कुटपिट गरेको आरोपमा कानुन व्यवसायी तामाङ पक्राउ

उदयपुर । उदयपुरमा एक बालकलाई कुटपिट गरेको आरोपमा एक कानुन व्यवसायी पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका १२ बस्ने कानुन व्यवसायी ईन्द्रबहादुर तामाङ रहेका छन् ।

उनलाई छिमेकी नाबालक आयन लिम्बुलाई कुटपिट गरेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए । एसपी दाहालका अनुसार पीडित बालकको टाउकोमा गहिरो चोट लागेको छ । तामाङले घाईते बालकमाथी ढुंगा प्रहार गरेको स्थानीयहरु बताउछन् ।

अहिले घाइते बालकको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्ष (आईसियू) मा उपचार भईरहेको छ भने कानुन व्यवसायी तामाङलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । तामाङले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १९१ (१) (क) को बमोजिमको अपराध गरेको पाईन्छ ।

कानुनमा उल्लेखभए अनुसार नीजले ‘कसैले कसलाई कुटपिट गर्न हुँदैन’ भन्ने कुरालाई पूर्णतया उल्लघंन गरेका छन् । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भन्ने प्रावधान छ ।

त्यसैगरी आरोपित वकिल तामाङले बालबालिका सम्वन्धी ऐन २०७५ को दफा ६६ को उपदफा (घ) र (ङ) विरुद्धको कसुर गरेका देखिन्छन् । ती उपदफामा बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारिरीक वा मानसीक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, त्यसैगरी उपदफा (ङ) मा शारिरीक चोटपटक वा असर पु¥याउने कामलाई अपराध मानिएको छ भने ५० हजार रुपैयासम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

Facebook Comments