कोरोना रोकथाम र नियन्त्रणका लागि सबैमा जीवनशैलीको खाचो (फोटो फिचर सहित)

उदयपुर । विश्वभर फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नियमित रुपमा आ–आफ्नो जीवनशैलीमा परिवर्तन गर्न जरुरी देखिएको छ । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शाखा निर्देशनालयले सोमबार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजना गरेको स्वथ्य जीवन कार्यक्रममा त्यस्तो देखिएको हो ।

बिशेषगरि दैनिक रुपमा प्रयोग गरिने खाना, व्यायम, आरम र व्यावहारमा परिवर्तन गर्न जरुरी देखिएको कार्यक्रमको सहजकर्ताहरुले बताएका थिए । एक घर एक जडिबुट्टी, योग र नकारात्मक जिवनशैली व्यावहार परिवर्तन गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा मन्त्रालयका प्रतिनिधि तथा स्वायमसेवी अभियानता निर्मल बराल, प्रदेश नम्बर १ का फोकलपर्शन बैधनाथ साह र जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले कार्यक्रमको सहजिकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई, चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राई, उपमेयर रिता चौधरी, बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, सगरमाथा आयुर्बेद अस्पतालका प्रमुख डाक्टर सन्जिब कुमार यादब, बिषयगत कार्यालयका प्रमुख अथवा प्रतिनिधि, बिभिन्न तहका जनप्रतिनिधि, पत्रकार र स्थानीय संघसंस्थाको प्रतिनिधिहरुको बाकुलो उपस्थिति रहेको थियो ।

Facebook Comments