छिमेकी कुटपिटको आरोपमा राप्रपा निकट युवा संगठनका केन्द्रीय नेता पक्राउ

उदयपुर । छिमेकी माथी संघातिक आक्रमण गरेको आरोपमा राप्रपा नेपालका एक कार्यकर्ता उदयपुरमा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका ६ महोनपुर स्थित बोझे बस्ने बर्ष ४० को प्रकाश खड्का रहेको छ ।

खड्का राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संघ नेपालका केन्दीय सदस्य हुन् । खड्कासँगै उनको बाबु बर्ष ६५ को जगत बहादुर खड्का, दाजु बर्ष ४५ को राजन कुमार खड्का, चिरञ्जिबी खड्का र भतिजा आश्विन खड्कासमेत पक्राउ परेको छ ।

उनिहरुलाई छिमेकी डम्बर बहादुर कार्की, उमादेबी कार्की र पार्वती कुमारी खड्का (कार्की) माथी अङगभङ्ग हुनेगरि असार २२ गते आक्रमण गरेको आरोप छ । उनिहरु बिरुद्ध पीडित डम्बर बहादुरको छोरा यज्ञराज कार्कीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दर्ता गराएको छ ।

जाहेरीमा उल्लेख भएअनुसार गत २२ गते बिहान हातहातमा लठ्ठी, भाला, खुकुरी, रड, चिरुवा दाउरा लगायत घरेलु हातहतियार सहित खड्का समुहले संघातिक आक्रमण गरेको थियो । आक्रमणबाट डम्बर बहादुरको देब्रे हातमा गहिरो चोट लागेको छ ।

त्यसैगरि उमादेबीको खड्का समुहको कुटाईबाट हातको दुबै पाता र देब्रे खुट्टा नचल्ने भएको छ । यसैगरि पार्वती कुमारीको देब्रे हातको पातो र टाउकोमा गहिरो चोट लागेको छ । घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा प्राथामिक उपचार पस्चात न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने कुटपिट गरेको आरोपमा पक्राउ परेको खड्काहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

उनिहरुको लामो समयदेखि जग्गा विवाद हुदै आएको स्थानीयहरु बताउछन् । स्थानीयहरुको अनुसार कुटपिट आरोपमा पक्राउ परेको मध्ये जगत बहादुर खड्काले जग्गा किचलो मेटाई हक कायम गरिपाउ भनि उदयपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । सो मुद्दा उदयपुर जिल्ला अदालतले २०७० असार ३१ गते मुद्दा फैसला गर्दै खड्काको हकदैयाको अभावमा दाबी नपुग्ने ठहर गरेको थियो ।

त्यसपछि पूनराबेदन अदालत राजबिराजमा मुद्दा दर्ता गराएपनि २०७१ बैशाख १२ गतेको फैसलाले जिल्ला अदालतको निर्णयलाई सदर गरेको थियो । ततश्चात जगत बहादुर खड्का सर्वोच्च अदालतमा मुद्दा दोहो¥याई पाउँ भन्दै पुगेपनि सर्वोच्चले २०७३ जेठ १८ गते मुद्दा दोहो¥याई हेर्ने निस्सा प्रदान नभएको भन्दै जिल्ला अदालत र पूनराबेदन अदालतले गरेको निर्णयलाई सदर गरेको थियो ।

Facebook Comments