रौतामाईले ल्याएको ४७ करोट बढि बजेटमा गरिवलाई च्यादर, सुत्केरीलाई कोसेलीसम्मको कार्यक्रम

रौतामाई । उदयपुरको रौतामाई गाउँपालिकाले गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली जस्ता कार्यक्रम घोषणासहित गाउँसभा सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले आगामी आर्थिक बर्षका लागि ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट गाउँसभाबाट पारित भएको जानकारी दिए ।

बजेट तथा योजनामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ भने दोस्रो प्राथमिकतामा अािर्थक विकासलाई राखिएको छ । आर्थिक विकासतर्फ १ करोड ८२ लाख विनियोजन गरिएको अध्यक्ष खड्काले बताए ।

त्यस्तै सामाजिक विकासतर्फ १ करोड ६८ हजार ९० लाख, वातावरण तथा विपद्तर्फ १ करोड ३० लाख, समपुरक कोषको लागि १ करोड २० लाख, कोभिड १९ नियन्त्रणका लागि १ करोड ११ लाख, सडक मर्मत ५० लाख बजेट बिनियोजन गरिएको उनले बताए ।

त्यसैगरी विदेशबाट फर्किआएकाहरुका लागि युवा स्वरोजगार कार्यक्रमअन्र्तगत ५० लाख, गरिबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ बण्डलको दरले जस्तापाता दिनका लागि ३० लाख, विपन्न, दलित, आगोलागी प्रकोपका लाई ४ वण्डलको दरले जस्तापाता दिन ३० लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले नयाँ लोकपृय कार्यक्रमकोरुपमा सुत्केरी महिलालाई गाउँपालिका उपाध्यक्ष कोसेली कार्यक्रमका लागि ५ लाख, गाउँपालिका अध्यक्ष विशेष सम्बोधन कार्यक्रमका लागि १० लाख बजेट विनियोजन भएको छ ।

जिल्लाका ८ स्थानीय तहमध्ये रौतामाई र ताप्लि गाउँपालिकाले मात्र योजनासहितको पूर्ण वजेट ल्याएका हुन् । उनीहरुले दुई दिन लगाएर पूर्ण वजेट ल्याएका हुन् ।

बाँकी ४ वटा त्रियुगा, चौदण्डी, बेलका नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिकाले अनुमानित वजेटसहित नीति तथा कार्यक्रम मात्र ल्याएका छन् ।

कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ अस्वस्थ रहेको र उदयुरगढी गाउँपालिकाले भौगोलिक विकटताका कारण वडाभेला समयमा हुन नसकेको भन्दै केहि दिन भित्रमा पूर्णवजेट ल्याउने गरी मिति सारेका छन् ।

Facebook Comments