उदयपुरमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर सहित)

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवामा १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न गरिएको छ । स्थानीय साहारा कृषि सहकारी संस्थाको आयोजनामा सो कार्यक्रम सोमबार सम्पन्न गरिएको हो ।

जनता आधारभूत बिद्यायलमा गरिएको उद्घाटन कार्यक्रमपछि संस्थाले गर्दै आएको चक्ला खेतीमा धान रोपेर कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपक्षि बिकास मन्त्रि धनश्याम भुसाल, प्रदेश सरकारका कृषि बिकास मन्त्रि रामबहादुर राना, प्रदेश सांसद् बिमल कार्की, अम्बिका थापा, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार र उपप्रमुख गंगा राईको उपस्थिति रहेको थियो ।

त्यसैगरि त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी, उपमेयर देबिकुमारी चौधरी लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत स्थानीयबासीहरुको बाकुलो उपस्थिति रहेको थियो ।

फोटो फिचरः निशान घतानी

Facebook Comments