कांग्रेस उदयपुरको उमेद्वारी छनोट सुरु, वडा नम्बर १० बोक्सेमा पाँच जनाको नाम सिफारिस

उदयपुर, २५ चैत्र । आगामि स्थानीय निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उमेद्वारी छनोट प्रक्रिया सुरु गरेको छ । नगरपालिका मेयर र गाउँपालिका अध्यक्ष उमेद्वारको चर्चा यत्रतत्र हुने गरेपनि कांग्रेस उदयपुरले वडाहरुबाट उमेद्वारी छनोट प्रक्रिया सुरु गरेको छ । जसमा जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेबाट सुरु गरेको छ । शुक्रवार रेडक्रसमा बसेको वडा समितिको एक भेलाले उमेद्वारको छनोट प्रक्रिया सुरु गरेको हो । जसमा वडा अध्यक्ष उमेद्वारको लागि फिरन खड्का, निगम कुमार कोईराला, लालशेरजंङ बस्नेत, देबेन्द्र बस्नेत र भगवती घिमिरेलाई सिफारिस गरिएको छ । सिफारिस गरिएको मध्ये बलियो उमेद्वारको रुपमा खड्का देखिएको छ । खड्का बिद्यार्थी संगठनबाट राजनीति सुरु गरेर अहिले १० नम्बर वडा पार्टी सभापतिसमेत रहेका छन् । कोईराला नेपाल सरकारको पूर्व कर्मचारी रहेका छन् । उनै खड्कासंग गत १३ औं वडा अधिबेशनमा पराजित भएका थिए । लालशेरजंङ बस्नेत लामो समयदेखि त्रियुगा उच्च माध्यमिक बिद्यालय गाईघाटमा केही समयसम्म लेखापाल थिए । देबेन्द्र बस्नेत त्रियुगा साना सहरी खानेपानी सरसफाई उपभोक्ता समितिको कर्मचारी हुन् भने भगवती घिमिरे होटल व्यवसायी हुन् । त्यसैगरि सदस्य पद उमेद्वारको लागि गणेश बहादुर कार्की ढोलि, बिश्वराज तामाङ, अभिमन्यु खड्का, नरेन्द्र बस्नेत र केशब बस्नेतलाई सिफारिस गरिएको छ । यसैगरि त्रियुगा नगरपालिका मेयरमा प्रकाश कुमार खड्का, सरोज कुमार बस्नेत, बिष्णु बहादुर राउत र बसन्त कुमार बस्नेतको नाम सिफारिस भएको छ । उप–मेयरमा लिला राई, तारा राई, सुमन परियार, सरिता राई, बिमला सुनुवार, देबि चौधरी र बिमला राईको नाम सिफारिस भएको स्रोतले जनायो । स्रोतको अनुसार सबै वडाहरुबाट सिफारिस भएको नाम क्षेत्रीय समितिले सर्बसहमतिको प्रयास गर्ने छ । क्षेत्रिय समितिबाट सर्बसहमत चयन गर्न नसके जिल्ला कार्यसमितिले एकलौटी रुपमा छनोट गर्ने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *