५ मंसिर, खाेटाङ । विश्व बाल दिवसकाे अवसर पारेर जागृती बाल मञ्च श्री जालपा मावि नुनथलाले जिल्लाव्यापी खुल्ला बाल गीत सम्मेलन अायाेजना गरेकाे छ ।
वरिष्ठ गायक सूर्य थुलुङकाे अातिथ्यमा सम्पन्न प्रतियाेगिताामा चम्किला तारा बाल समूह नुनथला १ महुरेले प्रथम स्थान हासिल गर्याे भने वेदना सहयाेगी समाज नुनथला-१ महुरेले दाेस्राे स्थान र चम्पावती उ.मा. वि. बुईपा प्राप्त गर्दा ज्याेती मा.वि. जालपन र नेपाल तामाङ घेदुङ संघले सान्त्वना पाउन सफल भए ।
उत्कृष्ठ रचनाकारमा लबजित अास्मील, उत्कृष्ठ सङ्गीतकारमा नवीन सङ्घर्ष र उत्कृष्ठ गायनमा सरस्वती उमावि दिक्तेलबाट केदार वि. क पुरस्कृत भए । पुरस्कार राशी प्रथम ७०००, दाेस्राे ५०००, तेस्राे ४०००, सान्त्वना २०००, उत्कृष्ठ रचना र सङ्गीकार ५/५ हजार र उत्कृष्ठ गायकी २००० रहेकाे थियाे । प्रतियाेगितामा १३ समूह सहभागी थिए ।