माओवादीद्वारा जिशिअको कार्यकक्षा तालाबन्दी

गजेन्द्र राई उदयपुर, १७ मंसिर । जिल्लाको शैक्षिक स्थितिलाई सुधार्नुको सट्टा बिगार्दै आएको आरोप लागेका उदयपुरका जिल्ला शिक्षा अधिकारी दिलिपकुमार ठाकुरको कार्यकक्षमा शुक्रबार नेकपा माओवादी (केन्द्र)ले तालाबन्दी गरेको छ । नेकपा माओवादी (केन्द्र) उदयपुरका इन्चार्ज मोहन खत्रीको नेतृत्वमा जिल्ला शिक्षा कार्यालय उदयपुर पुगेको टोलीले जिशिअ ठाकुरको कार्यकक्षमा तालाबन्दी गरेको हो । जिशिअ ठाकुर कार्यकक्ष बाहिर रहेको बेला तालाचाबी बोकेर पुगेको टोलीले कार्यकक्षमा रहेका अन्य कर्मचारीहरुलाई बाहिर निकालेर तालाबन्दी गरेको थियो । जिशअ ठाकुर विरुद्ध शिक्षक महासंघ उदयपुरले गर्दै आएको आन्दोलनमा एक्याबद्धता जनाउदै पार्टीले तालाबन्दी गरेको पार्टी इन्चार्ज खत्रीले बताए छन् । तालाबन्दी गरेको केहीबेरपछि पुगेको सुरक्षाकर्मीको टोलीले ताला तोडेको थियो । जिशिअ ठाकुरको बिरोधमा जिल्लामा रहेको बिभिन्न शिक्षाक संगठनहरुले लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *