बेलायतमा ‘इ-मिडिया हब’ काे स्थापना

बेलायतमा रहेका दर्जन बढी नेपाली सर्जकहरुले ‘एभरेष्ट इन्टरटेनमेन्ट एण्ड मिडिया हब’ नामक कम्पनीको सुरुवात गरेका छन् । कम्पनीले सूचना र मनाेरन्जनकाे क्षेत्रमा काम गर्नेछ ।

बेलायतको अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा २० नोभेम्बरमा आयोजित शेयरहोल्डर मिटिङ तथा प्रेश मिट कार्यक्रममा इ-मेडिया हब लिमिटेडको बोर्ड अफ डायरेक्टरहरुको चयन सहित वर्ष २०१६/१७ सिजन १ र सिजन २ का कार्यक्रमहरु सार्वजनिक गरिएको थियो ।

कम्पनीको सिइओमा ईश्वर चाम्लिङ चुनिएका छन् भने चिफ फाइनान्सियल अफिसरमा कृष्ण मेन्याङ्बो र मुकेश राई, चिफ अपरेटिंग अफिसरमा नवराज राई तथा किसन राई, चिफ एड्मिनिस्ट्रेसन अफिसरमा किशोर पुन, चिफ मार्केटिङ अफिसरमा किरण चाम्लिङ र दिपक राई, चिफ मेडिया अफिसरमा जानुका राई र भुमिराज राई चुनिएका छन् ।

प्रेस मिटलाई सम्बोधन गर्दै सिइअाे चाम्लिङले सिजन १ मा न्यु इयर इभ डान्स पार्टि सँगै इमेडिया हब जन्मोत्सव कार्यक्रमको आयोजना गरिने र सिजन २ मा नेपालबाट चर्चित कलाकारहरु मनोज गजुरेल, रेवत राई, मेलिना राई र माला लिम्बु सहितको सांगीतिक कार्यक्रमहरु बेलायतको विभिन्न सहरहरुमा आयोजना गरिने जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *