जननेता भण्डारीको सम्झनामा बृक्षारोपण

उदयपुर । तत्कालिन नेकपा एमालेका महासचिब मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा बिभिन्न प्रजातिको विरुवा रोपिएको छ । आईतबार उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल परिषरमा सो विरुवाहरु रोपिएको हो ।

नेपाल नेत्रज्योति संघ उदयपुरको मातहतमा सञ्चालनको तयारीमा रहेको आँखा अस्पताल परिषरमा स्व. भण्डारीको नाममा प्रदेश नम्बर एकका योजना आयोगका सदस्य मिना भण्डारीले वर्वुल जातको विरुवा रोपेर उद्घाटन गरिन् ।
सोही अवसरमा भण्डारीले मदन भण्डारीका रचना तथा उनलाई जोडेर लेखिएका कितावहरु त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडा र संगम पुस्तकालयलाई हस्तान्तरण गरिन् ।

भण्डारीसँगै जिल्लाका राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज, पत्रकार र स्थानीयले सिताअशोक, वर्वुल र नागेश्वरी जातका बिरुवा रोपेका छन् । सो अवसरमा सदस्य भण्डारीले अस्पतालको वातावरण र पर्यावरणलाई जोगाउन विरुवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् ।

उनले रोपिएका विरुवाको संरक्षण र सम्र्बद्धनका लागि ध्यान दिनु पर्ने बताईन् । भण्डारीले संसारको सौन्र्दयतालाई नियाल्ने आँखाको संरक्षणकालागि स्थापना गरिएको अस्पताल आफैमा पवित्रस्थल भएकाले विनाभेदभाव सबैको पहुँचमा पुर्याउन आग्रह गरिन् ।
उनले मदन आफैमा वहुप्रतिभाशाली व्यक्ति भएकाले उहाँले प्रतिपादन गरेको जनताको वहुदलिय जनवादलाई व्यवहारमा परिणत गर्न सके मात्र समृद्ध देश र सुखी नेपाली कल्पना गर्न सकिने बताईन् । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले मदनको विचार प्रेरणादायिक र अहिलेपनि जिवीतै रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बृक्षारोपणले उजाड क्षेत्र र लोपन्मुख बिरुवाको संरक्षण र संवद्र्धनकासाथै हरियालीमा परिणत हुने हुँदा सबैले अपनत्व लिनु पर्र्नेमा जोड दिए ।र्यक्रममा आयोजक नेपाल नेत्र ज्योति संघका सभापति भागवत राउतले अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको बताए । उनले भवन निर्माणको कार्य सम्पन्न भईसकेकाले केहि प्राविधिक पंक्ष मेसिनहरु जडान कार्य मात्र बाँकी रहेको जानकारी दिए ।

अघिल्लो बर्ष अस्पताल परिषरमा आफन्तको सम्झनामा १० कठ्ठा जग्गामा कपुर, खमारी, रुद्राक्ष, मलेसियनसाल, तेजपत्ता, अग्रउड, विरेन्द्रफुल, वयस प्रजातिका १ सय १५ वटा बोटविरुवा रोपेको उनले बताए । ति मध्ये ५ वटा विरुवा मात्र मरेको बाँकी सबै विरुवा संरक्षण भएको बताए ।

Facebook Comments