नेपाल कम्युनिस्ट पार्टी बेलकाको पुर्ण बैठक सम्पन्न, २७ सदस्यिय सचिवालय गठन

भरत घिमिरे
रामपुरठोक्सिला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर स्थित बेलका नगरमिटिको पुर्ण बैठकले सचिवालय गठन गरेको छ । बिहिबार सम्पन्न बैठकले २७ जना सदस्य रहनेगरि सचिवालय गठन गरिएको बेलका पार्टी अध्यक्ष मनोज तामाङले बताए । अध्यक्ष तामाङका अनुसार ३ ओटा प्रस्ताब माथी छलफल गरिएको थियो ।

जसमा नगरपार्टी सचिवालय गठन, केन्द्रबाट जारी सर्कुलर सबै तहसम्म पु¥याउने बिषय र नगरपार्टी प्रवक्ता तोक्ने सम्बन्धमा छलफल गरिएको थियो । बैठकले नगरपार्टी प्रवक्ताको रुपमा नगर कमिटि सदस्य ललित राईलाई तोकिएको अध्यक्ष तामाङले बताए ।

कार्यक्रममा सफथ ग्रहणको कार्यक्रम पनि गरिएको थियो । सफथ ग्रहण बेलका नगरभित्र रहेको सबै वडाका वडाअध्यक्ष, सचिव र नगरको सफथ कार्यक्रममा छुटेका नगर सदस्यहरुलाई गराईएको थियो । सफथ त्रियुगा नगरपालिकाका मेयर समेत रहेका पार्टी केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज बलदेब चौधरीले गराएका थिए ।

कार्यक्रमका प्रदेश नम्बर १ पार्टी सदस्य राजन किराती (बासु), जिल्ला अध्यक्ष कुमार कटुवाल (दिवस), सचिब ईश्वरमणि राउत, जिल्ला सदस्य तथा प्रदेश सांसद बिमल कार्की र जिल्ला सदस्य तथा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ रामपुरको सभाहलमा भएको थियो ।

Facebook Comments