उदयपुरमा चट्याङ्गले लागेर एकको मृत्यु एक घाईते

उदयपुर । उदयपुरमा चट्याङ्ग लागेर बिहीबार एक जनाको ज्यान गएको छ भने थप एक जना घाईते भएका छन् । बिहान ८ः३० बजे बर्षासँगै चट्याङ्गले लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ कानुन चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी गोबिन्द पुरीका अनुसार चट्याङ्गले लागेर सोही वडाको भातिखर्ककी ३१ अनिता खड्का घाईते भएकी छिन् । उनको खुट्टाको केहि भाग जलेको छ ।

सामान्य अवस्थामा रहेकी खड्काको जिल्ला अस्पतालमा उपचार भईरहेको डिएसपी पुरीले बताए । दुबै जना खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङ्गले हानेको प्रहरीले जनाएको छ ।

चट्याङ्गले हानेर घाईते भएका चौधरीलाई जिल्ला अस्पतला पुर्याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको डिएसपी पुरीले बताए ।

Facebook Comments