



रामपुर । उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको छैटौं नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७ र ०७८ को लागि सो बजेट सार्वजतिक गरेको हो ।
जसमा ७३ करोड ६० लाख ९७ हजार ९१ रुपैया बजेट ल्याएको हो । बजेट नगरपालिकाका उपमेयर रामकुमारी चौधरीले प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटको आयतर्फ संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान १३ करोड २५ लाख, सशर्त अनुदान २३ करोड, १९ लाख, राजस्व बाडफाड ११ करोड २ लाख ७४ हजार १ सय, स्थानीय पूर्वाधार विकास कार्यक्रम १ करोड २५ लाख रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ७४ लाख ३९ हजार, सवारी साधन करवाट ६० लाख ४० हजार, सशर्त अनुदान १ करोड, समपुरक अनुदान (चिस्यान केन्द्र कार्यक्रम) ३ करोड, विशेष अनुदान १ करोड, प्रदेश निर्वाचन क्षेत्र विकास समेत १ करोड २५ लाख अनुमानीत नीति कार्यक्रम तथा बजेट प्रस्त भएको छ ।
कृषिमा आधुनिकिकरण, प्राबिधिक शिक्षा, स्वास्थ सरसफाइ, भुमी ब्यबस्थापन, जलस्रोत, सूचना प्रबिधि, खेलकुद लगतयतका १४ बुद्धे नीति तथा कार्यक्रम तथा बजेट प्रतुत गरेको छ । सभालाई सम्बोधन गर्दै प्रदेश सांसद बिमल कार्कीले बेलका नगरपालिकालाई यस आर्थिक वर्षमा ४० करोड उपलब्ध गराएको जनाएको छ ।
भिडियोः
पत्रकार भेटघाट मार्फत अाफ्नाे याेजना सार्वजनिक गर्दै उदयपुरका नयाँ प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहाल ।
Gepostet von Nigrani Post am Dienstag, 23. Juni 2020