उदयपुर । कोरोना भाइरस महामारी नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले तयारी गरेको क्वारेन्टाइनको आवस व्यवस्थापनमा वल्र्डभिजनले सहयोग गरेको छ । नगरपालिकाले आवासिय सामग्री सहयोगका लागि वल्र्डभिजनलाई पत्राचार गरेपछि सोमबार पार्टनर संस्था जाल्पा एकिकृत विकास, हुरेण्डेक र नेस्पेक संस्थामार्फत २ लाख ८ हजार ५ सय ६२ रुपैँयाको आवसिय सामग्री सहयोग गरिएको हो ।
वल्र्डभिजनले क्वारेन्टाइनमा रहेकाहरुलाई ओढ्ने कम्मल ७० थान, त्रिपाल ७० थान, झुल ३५, नाइलन रोप ७० वटा, पलाष्टिक गुन्द्रि २६, वकेट बीस लिटरको ३७ र जर्किन ७४ वटा उपलब्ध गराएको जाल्पा एकिकृत विकास संस्थाका सदस्य सुमन परियारले जानकारी दिए ।
संस्थाले नगरपालिकाका मेयर बलदेव चौधरीलाई सबै सामग्री हस्तान्तरण गरेको हो । वल्र्डभिजनले कारागारका कैदीबन्दीको अवश्थालाई ध्यान दिँदै कम्मल, झुल, त्रिपाल, नाइलन रोप, गुन्द्रि, वकेट र जर्किन २०÷२० थानका दरले उपलब्ध गराएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।
जिल्लाको अवश्था भयाभह बन्दै गएपछि स्वास्थ्य कार्यालयलाईसमेत ५÷५ थान झुल र कम्मल उपलब्ध गराइएको छ । एम्वुलेन्स २४ घण्टा तयारी अवश्थामा कार्यालयमै राख्नु पर्ने भएपछि कार्यालयले एम्वुलेन्स चालकले प्रयोग गर्नेगरी झुल र कम्मल संस्थासँग माग गरेको थियो ।