भूल्केमा पुनः १ सय ५२ जनाको स्वव नमुना संकलन

उदयपुर । भुल्के स्थित मस्जिदमा १३ जना कोरोना संक्रमित भएको पुष्टिसँगै लक गरि राखेको उक्त टोलका १ सय ५२ जना स्थानीयहरुको स्वव नमुना संकलन गरिएको छ । छाउनी अस्पतालबाट खटिएका नेपाली सेनाका मेजर डाक्टर प्राचि राईमाझी नेतृत्वको ४ सदस्यीय स्वास्थ्यकर्मी टोलीले आईतबार सो नमुना संकलन गरिएको हो ।

संक्रमितहरुसँग सम्पर्कमा रहेएको आशंकामा उनिहरुको स्वव नमुना लिईएको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । प्रमुख सुबेदीका अनुसार भूल्केमा ६० स्थानीय, ५ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको स्वव नमुना संकलन गरिएको थियो ।

नमुनाको परिक्षण पस्चात रिर्पोटको आधारमा थप कदम चालिने पनि उनले बताए । स्थानियबासीलाई सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपबाट चौरमा लाईन लगाईएको थियो । पालै पालो सवैको स्वव नमुना लिएको थियो ।

Facebook Comments