उदयपुर । उदयपुरको भुल्केबाट थप एक जना कोरोना भाइरस संक्रमित थपिएको छ । संक्रमित थप भएको शनिबार सरकारले पुष्टि गरेको छ । १६ जना मध्ये १२ जना संक्रमित देखिएको र बाँकी चारजना मध्येको एकजना भारतीय नागरिक रहेको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
नागरिकको स्वाप परिक्षण गरिएकोमा शुक्रबार १२ जनाको पोजेटिभ भएको पुष्टि भएको थियो भने अर्का एकजनाको शनिबार पुष्टि भएको हो । नेपाल जनसंख्या तथा स्वस्थ्य मन्त्रालयले आज एकजना ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
केही दिन १६ मा सिमित कोरोना भाइरसका विरामीको संख्या एक्कासी शुक्रबार र शनिबारमै ३१ पुगेको हो । हिजो चितवनमा २ र उदयपुरमा १२ जना भेटिएपछि संख्याले फड्को मारेको हो । जसमध्ये दुईजना निको भएर घर फर्केको सरकारले जनाएको छ ।
Facebook Comments