उदयपुरमा सुरक्षा सामग्री र जनशक्ति अभाव

उदयपुर । उदयपुरमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र जनशक्तिको अभाव देखिएको छ । शुक्रबार त्रियुगा नगरपालिका–३ भुल्के स्थित मस्जिदमा १२ जना भारतीय नागरिक कोरोना भाइरस देखापरेपछि उत्पन्न परिस्थितिका सामना गर्न स्वास्थ्य र सुरक्षाकर्मीलाई सुरक्षा सामग्री र दक्ष जनशक्तिको अभाव देखिएको हो ।

स्वास्थ्यकर्मी परिचालन गर्नका लागि आवश्यक सुरक्षा कवज पीपीई, सेनिटाईजर, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मल गन जस्ता सामान्य उपकरणहरु अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । प्रमुख सुबेदीका अनुसार प्रदेश सरकारले पठाएका सामग्रीले एकैपटक धेरैमा कोरोना भाईरस संक्रमण देखापरेपछि जनशक्ति परिचालन गर्न स्वास्थ्यकर्मी र सुरक्षा सामग्री अभाव देखिएको हो ।

अहिले संक्रमितहरु गएको ठाउँ, भेट गरेका व्यक्ति र मस्जिद रहेको बस्तिका सबैको ¥यापिट टेष्ट गर्नुपर्ने भएकाले सामग्री र स्वास्थ्यकर्मी अभाव देखिएको उनले बताए । जिल्लामा आएको एक सय ३० थान पीपीई सबै स्थानीय तहलाई उपलब्ध गराइसकेकोले जिल्लामा मौजाद नरहेको समेत उनले बताए । अहिले संक्रमण फैलिएको पुष्टि भए लगत्तै भुल्के बस्ती सिल गरेको छ ।

Facebook Comments