उदयपुरको १२ कोरोना संक्रमित भारतीय सहित १६ जनालाई विराटनगर लगियो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा भेटिएका १२ जना भारतीय कोरोना संक्रमित सहित १६ जनालाई उपचारका लागि कोसी अस्पताल कोभिड उपचार केन्द्र बिराटनगर लगिएको छ । उनिहरुलाई चारवटा एम्बुलेन्समा १२ संक्रमित भारतीय नागरिक सहित १६ जनालाई लगिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बिरबहादुर बुढामगरले बताए ।

एसपी बुढामगरका अनुसार स्जिदमा संगै बसेका अन्या चार जना नेपाली नागरिक समेत १६ जनालाई लगिएको हो । एम्बुलेन्समा संक्रमणको उच्च सतर्कता अपनाइएको छ । एम्बुलेन्स चालकहरुलाई पूर्ण व्यक्तिगत सुरक्षा साधन (पीपीइ) प्रयोग गरि पठाइएको छ । उनीहरुलाई प्रहरीले सुरक्षा दिदै लगेको छ ।

Facebook Comments