मस्जिदमा लुकेर बस्ने १२ भारतीय नागरिक कोरोना संक्रमित भएको पुष्टि

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा लुकेर बसेको १२ जना भारतीय नागरिक कोरोना संक्रमित भएको सरकारको तर्फबाट आधिकारिक पुष्टि भएको छ । उनिहरु संक्रमित भेटिएको शुक्रबार नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मञ्त्रालयको आधिकाररिक फेसबुक पेजमा पोष्ट गरी पुष्टि गरेको हो ।

उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा स्वाप परिक्षण हुँदा पोजेटिभ देखिएपछि काठमाडौं टेकु अस्पतालमा पुनः परिक्षणलाई पठाइएको थियो । पुनः परिक्षणबाट पनि पोजेटिभ देखिएपछि उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भारतबाट आएर मस्जिदमा बसेको भन्दै स्थानीयले पटक पटक प्रशासनलाई सूचना गरेपछि उनीहरुको स्वाप नमुना लिइएको थियो ।

जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले स्वस्थ्यकर्मी र सुरक्षाकर्मीका साथ मस्जिदबाट केहीदिन अघि १२ भारतीय नागरिकसहित १६ जनाको स्वाप नमुना संकलन गरी कोशी अस्पताल विराटनगर पठाएको थियो । यो कोरोना संक्रमण फेलाको घटना उदयपुर मात्र नभई प्रदेश १ कै पहिलो घटना हो । यति ठूलो संख्यामा एकैचोटी त्यो पनि एकै ठाउँबाट भेटिएपछि प्रशासनले उक्त स्थानलाई सिलबन्दी गरेको छ ।

Facebook Comments