उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा १२ जना कोरोना संक्रमित भएको पुष्टिसँगै लक गरि राखेको उक्त टोलका ६० जना स्थानीय सहित ६९ जानको स्वव नमुना संकलन गरिएको छ । १ नम्बर प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले शनिबार सो नमुना संकलन गरेको हो ।
संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुलाई पहिलो चरणमा स्वव नमुना लिएको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । प्रमुख सुबेदीका अनुसार नमुनाको परिक्षण पस्चात रिर्पोटको आधारमा थप कदम चालिने छ ।
स्थानियबासीलाई सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपबाट चौरमा लाईन लगाईएको थियो । पालै पालो सवैको स्वव नमुना लिएको थियो । संकलनमा खटेका ५ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीको पनि स्वव संकलन गरिएको छ ।
Facebook Comments