बेलसाेत आइसोलेसन वार्डबाट फरार मगराती पुनः हलेसीबाट नियन्त्रणमा

उदयपुर । ९ दिनअघि उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डबाट फरार भएका युवालाई खोटाङ हलेसीतुवाचुङ नगरपालिकामा नियन्त्रणमा लिइएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा अस्पतालमा उपचारका लागि राखिएका उदयपुरको ताप्ली गाउँपालिका–४ का ३८ बर्षीय किर्तीमान मगरातीलाई सुरक्षाकर्मीको सहयोगमा नगरपालिकाले नियन्त्रणमा लिएको हो ।

फरारपछि तीन दिन अघि हलेसीतुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा रहेका छोरीज्वाईको घरमा लुकेर बसेका मगरातीलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख इवन राईले वताए । मगराती उनको छोरीज्वाईको परिवारका सदस्यसहित ९ जनालाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको प्रमुख राइले वताए ।

भारतको सिलगुढीबाट घर ताप्ली गाउँपालिका तर्फ हिडेका २१ जना मध्ये कृतिमानलाई ज्वरो देखापरेपछि अस्पतालको आइसोलेसन राखिएको थियो भने बाँकीलाई नेपाली सेनाको रणसार्दुल गण वेलसोतको क्वारेन्टाइनमा राखि उपचार भईरहेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

स्वास्थ्य परिक्षणकाक्रममा मगरातीलाई ९९ डिग्री ज्वरो देखापरेपछि मगरातीलाई चैत १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको उनले बताए । उनी उपचार कै क्रममा भागेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले वताए ।

अस्पतालको आइसोलेसन राखिएका मगराती झोला र मोवाइल वेड मै छोडेर भागेका थिए । भाग्नु अघि मगरातीले साथीहरुसँगै क्वाराइन्टेनमा जान माग गरेका थिए तर ज्वरो आईरहेपछि उनलाई स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा जान दिएका थिएनन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *