फिल्डमा खटिने पत्रकारलाई सुरक्षाकवज सहयोग

उदयपुर । उदयपुरका क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षाका लागि एक व्यवसायीले सुरक्षा कवज उपलब्ध गराएका छन् ।

महामारीको अवश्थामा जोखिम मोलेर पनि जनतालाई सूचना प्रवाह गरेको भन्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका वरिष्ठ उपाध्यक्ष रमेश रसाईली नेपाल पत्रकार महासंघ उदयपुर शाखामार्फत स्वास्थ्य सुरक्षा सेनिटाइजर र मास्क उपलब्ध गराएका हुन् ।

सो अवसरमा उपाध्यक्ष रसाइलीले प्रतिकुलु अवश्थामा ज्यानको जोखिम मोलेर निरन्तर जनतालाई सूचना प्रवाह गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो स्वास्थ्य ख्याल गर्नसमेत आग्रह गरे । ‘दिनरात नभनी अहोरात्र खटिनु भएको छ, उनले भने, ‘सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सहि सूचना पाउदैँनन्, त्यसैले सुरक्षार्थ सानो सहयोग गरेको हुुँ ।

सामग्री बुझ्दै महासंघका अध्यक्ष भरत खड्काले उपलब्ध सामग्री फिल्डमा खटिने सबै क्रियाशिल पत्रकारहरुलाई उपलब्ध गराईने बताए । उनले संकटको बेलामा पत्रकारले आफ्नो ज्यानको वाजी लगाएर जनतालाई सूचना प्रवाह गर्दासमेत राज्यले चासो नदिएकोमा चिन्ता व्यक्त गरे ।

‘यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ, अध्यक्ष खड्काले भने, ‘तर त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज न प्रोत्साहन नै गरेको छ ।

‘यस्तो अवश्थामा पत्रकारको स्वास्थ्य सुरक्षामा राज्यले नै चासो दिनु पर्ने हो, उनले भने, ‘तर त्यो हुन सकेन, जुन हामी सबैका लागि दुर्भाग्य हो, राज्यले यतिसम्म विभेद गर्नु हुन्न । सुरक्षा कवज उपलब्ध गराएकोमा उपाध्यक्ष रसाईलीलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष खड्काले भने, ‘कठिन परिस्थितिमा पनि जनताको सूचना पाउने अधिकारलाई निरन्तर जारी राखिने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *