उदयपुरका ५ जना विरामीकै नतिजा नेगेटिभ

उदयपुर । कोरोना भाईरस (कोविड १९) का विरामी रहेको आशंकामा नमुना संकलनमा पठाइएका उदयपुरका ५ जना विरामीकै नतिजा नेगेटिभ आएको छ । स्वाव परीक्षणका लागि पठाइएका सात जना विरामी मध्ये ५ जनाको नतिजा नेगेटिभ आएको हो ।

बाँकी दुई जना त्रियुगा नगरपालिकाको शनिबार बेलुका खकार संकलन गरी परीक्षणका लागि धरान पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

विदेशबाट आएका त्रियुगा नगरपालिकाका चार जना र बेलका नपाबाट एक जनाको स्वाव परीक्षणका लागि पठाइएको थियो । शनिबार पठाएका वाहेकका सबै विरामीको नतिजा नेगेटिभ आएकाले जिल्लामा संक्रमण देखानपरेको तर प्रवेश गर्ने सम्भावना भने अधिक रहेको उनले बताए ।

जिल्लामा होमक्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ४५ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढि बेलका नगरपालिकामा एक सय ५९, त्रियुगामा ७९ र ताप्लि गाउँपालिकामा ७ रहेको छ । विदेशबाट आएका तर केहि विरामी नदेखिएका उनीहरुलाई स्थानीय प्रशासनले १४ दिनसम्म घरबाहिर ननिस्कन गरी होमक्वारेन्टाईनमै राखेको हो ।

प्रमुख मोहन सुवेदीका अनुसार जिल्लाका ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा ८ जना महिलासहित ६२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनले कटारी नगरपालिकामा ४ र लिम्चुङबुङ गाउँपालिकामा ४ जना रहेको जानकारी दिए । त्यस्तै पुरुषतर्फ कटारी नपामा २२, त्रियुगामा ८, वेलकामा ९, रौतामाई ७ र लिमचुङ्गबुङ्गमा ८ गरी ५४ जना रहेका छन् । आईसोलसनमा भने जिल्ला अस्पतालमा दुई जना महिला राखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *