उदयपुर । माघे संक्रान्तिलाई प्रमुख चार्डको रुपमा मनाउदै आएको मगर समुदायले उदयपुरमा पनि शनिवार मनाएको छ । उनिहरुले “माघ्यासकराती तथा हुर्रा महोत्सव”को आयोजनागरि सो पर्वलाई मनाएको हो ।
नेपाल मगर संघ त्रियुगा नगर कमिटी र प्रारम्भिक कार्यसमिति वडा नम्बर १०, ११, र १२ को आयोजनामा भएको कार्यक्रममा जिल्लामा छरिएर बासोबास गर्ने मगर समुदायहरुको बाकुलो उपस्थिति रहेको थियो ।
त्रियुगा नगरपालिका १० बोक्से स्थित नयाँ बस्तिमा भएको कार्यक्रममा राष्ट्रिय कलाकार तथा गायक शिव थापा मगर, सुर्य पुर्वछाने मगर, अमृता लुङ्गेली मगर लगायत स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेको आयोजक कमितिका अध्यक्ष ज्ञानेन्द्र मगरले बताए ।
अध्यक्ष मगरका अनुसार कलाकारहरुले आफ्नो समुदायको मौलिक नाँच मारुनी, हुर्रा, झ्याउरे, कौडा लगायतका नृत्यहरु सतेत प्रस्तुत गरेका थिए । त्यसैगरि समुदायले परमपरादेखि बनाउदै खादै आएको सेलरोटी, तरुल, गुन्द्रुकको अचार, सुङ्गुरको मासु लगायतका मौलिक परिकारले सबै सहभागिहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा संघको केन्द्रिय अध्यक्ष नविन रोक्का मगर, एक नम्बर प्रदेश सांसद नारायण बुर्जा मगर, पुर्बसभासद् रामबहादुर थापा मगर, उदयपुर प्रहरी प्रमुख बिरबहादुर बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।