योग दिवसमा आत्मज्ञानको शान्ति सन्देश

उदयपुर । योग दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रमअन्र्तगत आईतबार शान्ति प्रवचन कार्यक्रम सम्पन्न भएको छ । आत्मज्ञान प्रचार संघ उदयपुरसँगको सहकार्यमा मुल समरोह समितले शान्तिका दुत प्रेम रावतका शान्तिपृय प्रवचन आयोजना गरेको हो । सो अवसरमा रावतले शान्तिसँग सम्बन्धित रहेर दिनु भएको २० मिनेटको प्रवचन सुनाइएको थियो ।

अध्यारो र उज्यालो विचको भिन्नता, शान्ति कहाँबाट पाईन्छ, शान्ति कहाँ छ जस्ता सन्देशहरु प्रभाव भएका थिए । रावतले विशेषगर आफुले आफुलाई चिन्नु, जीवनमा हारलाई कहिले पनि स्वीकार नगर्नु, जे तपाईलाई मिलेको छ त्यस प्रति हुदयदेखि नै आभारी हुने र अरु मानिसहरुले तपाईका बारेमा के सोचिरहेका होलान भनेर चिन्ता नलिनुस भन्ने चार सुत्रले मानिसलाई सफलतातर्फ अगाडी बढाउँछ भनेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा मुल समारोह समितिका अध्यक्ष धुर्वबहादुर खड्काले क्रोध, रिसराग, झैझगडाबाटै अशान्ति फैलिने भएकाले सबैलाई त्यागेर शान्तिको बाटोमा हिड्नु पर्ने धारणा व्यक्त गरे । उनले आफु आफुविचको लडाई झगडाले कसैलाई फाईन नपुग्ने भएकाले शान्तिदुत राउतका भनाईलाई आत्मसाथ गर्दै अगाडी बढ्न सके सुन्दर अनी शान्त देश बनाउन सकिने बताए ।

दिवसकै अवसरमा बिद्यालयका बालबालिकासम्म कार्यक्रम पुर्याउने लक्ष्यकासाथ समतिले विभिन्न सरोकारवाला संस्थासँग समन्वय साताव्यापी बिद्यालय स्तरमा कार्यक्रम आयोजना गरिरहेको अध्यक्ष खड्काले बताए । उनकाअनुसार त्रियुगा मावि गाईघाट, मावि देउरी, जनज्योती मावि चुहाडे, अम्बेवर माबि राजाबास, बालमन्दिर मावि बोक्से र लक्ष्मीपुर मावि पोर्ताहका बालबालिकालाई लक्षित गरी योग शिविर राखिएको छ ।

यसविचमा व्रहमाकुमारी राजयोगले नियमित मनबुद्धी राजयोग, जिवन विज्ञानले योग तथा बालबालिका लक्षित कार्यक्रम, पतन्जलीले नियमित योगाअभ्यास, आत्माज्ञान प्रचार समितिले प्रवचन गर्ने तय गरिएको समितिका सदस्य सचिब संजिवकुमार यादवले बताए ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

भिडियोः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *