अत्याधिक गर्मिका कारण त्रियुगा नगर क्षेत्रका शैक्षिक संस्था ३ दिन बिदा

त्रियुगा । अत्याधिक गर्मीका कारण उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका शैक्षिक संस्थाहरु तीन दिनका लागि बिदा गरिएको छ । सोमबार बसेको त्रियुगा नगर कार्यपालिकाको बैठकले बुधबारदेखि लागु हुने गरी तीन दिनका लागि शैक्षिक संस्थाहरु बिदा दिने निर्णइ गरेको हो ।

पछिल्लो एक हप्ता तापक्रम बढेसँगै बालबालिकाहरु बिद्यालयमै बेहोस हुन थालेपछि बालबालिकाको समस्यालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । एक हप्ता यता ४४ डिग्रिसम्म तापक्रम बढेपछि बिद्यार्थीहरु बिद्यालयमै वेहोस हुन थालेका थिए । नगरपालिकाको शिक्षा ईकाइले कार्यपालिकाको बिदा दिने निर्णय कार्यान्वयन गर्न गराउन मंगलबार सूचना नै जारी गरेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *