उदयपुरको २ मुख्य बजारमा २ वटा वम फेला

उदयपुर । उदयपुरका दुई मुख्य बजारमा मंगलबार बिहान दुई वटा वम फेला परेको छ । सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका १२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका ३ स्थित तिर्थ श्रेष्ठको घर अगाडी वम फेला परेको हो ।

सदरमुकाममा फेला परेको वम सुतली वम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले बताए । शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका लगत्तै नेपाली सेनाको १८ नम्बर वाहीनीको टोलीले घटनास्थलमा घेरा हालेर डिस्पोज गराएको एसपी बताए ।

नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले आहन गरेको नेपाल बन्दलाई सफल बनाउन वम राखेको हुन सक्ने प्रहरीको अनुमान छ । आदर्शटोलमा हरियो झोलामा करिब एक सय मिटर रातो कालो तारले बाँधेर छाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कटारीमा रातो झोलमा बाँधेर छाडिएको अवस्थामा रहेको शंकास्पद वस्तु सुतली बमको आशंका गरिएको छ । उक्त बस्तुलाई प्रहरीले कडा सुरक्षा दिएर घेरा हालेको छ । एका विहानै फेला परेको वमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा घेरामा राखेको छ ।

यता बन्दकाकारण उदयपुरको जनजीवन प्रभावित छ । बजार, पसल, शैक्षिक संस्था, उद्योग, कलकारखाना छिठफुठवाहेक बन्द रहेका छन् । लामो दुरीबाट विहान जिल्ला भित्रने सवारी साधनलाई प्रहरीले स्कटिङ गरेको छ भने बाहिर गएका छैनन् । बन्दको प्रभावसंगै जिल्लाभर नै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *