बेलका नगरपालिकाको पंञ्चबर्षिय नगर आवधिक योजना सार्वजानिक

 बेलका । एकिकृत नगरविकासका लागि उदयपुरको सबैभन्दा कान्छो नगरपालिका बेलकाले प्रथम पञ्चवबर्षिय आवधिक योजना निर्माण गरेको छ । शनिबार एक कार्यक्रमका विच प्रदेशनम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले नगरपालिकाले तयार पारेको आवधिक योजना सार्वजानिक गरे । आवधिक योजनाको अन्तिम बर्ष २०८१ सम्ममा विभिन्न शिर्षकमा गरी ३ अर्व ८७ करोड १३ लाख २६ हजार ६ सय ८३ रुपैँया खर्च हुने प्रक्षेपण गरिएको नगर प्रमुख दुर्गाकुमार थापा (स्वस्ति)ले जानकारी दिए ।

आवधिक योजनाको प्रमुख रणनीतिमा कृषिको आधुनिकरण, व्यवसायिकरण, वजारिकरण गरी उत्पादन र उत्पादकत्वमा बृद्धि, गुणस्तरीय तथा प्राविधिक शिक्षा, स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरी स्वास्थ्य तथा सक्षम मानव संसाधनको बिकास गर्ने, गुणस्तरीय पुर्वाधारद्धारा नगर विकासको दिगो आधार निर्माण गरिने लक्ष्य लिइएको छ । त्यसैगरी प्राकृतिक स्रोतसाधनको वैज्ञानिक व्यवस्थापनबाट आर्थिक, सामाजिक तथा वातवरणिय लाभको अधिकतम उपयोग, गरिवी निवारण, पोषण तथा खाद्य सुरक्षा, भुउपयोगी तथा भुमि व्यवस्थापन, लैगिंक समानता, सामाजिक समावेशीकरण, सामाजिक समानता, सामाजिक सुरक्षा र संरक्षणको अभिबृद्धी गरी सामाजिक न्यायको प्रर्वद्धन गर्ने, चुस्त संरचना, नतिजामुखी प्रशासन, प्रविधिमैत्री कार्यसम्पादन, सेवामुखि र सदाचारयुक्त स्थानीय सरकारको विकासको परिकल्पना गरिएको छ ।

योजनामा सुशासनको स्थापना, स्थानीय कच्चापदार्थ र कृषिमा आधारित उद्योग व्यवसायको प्रर्वद्धन, पर्यटकिय उपज तथा गन्तव्यको बिकास गरी आर्थिक बिकास र रोजगारी अभिबृद्धी, उद्यमविकास तथा पर्यटन पर्वधन, जलवायु परिवर्तन तथा वातवरणिय सन्तुलन, आन्तरिक राजश्व वृद्धी तथा वित्तिय सुशासन, आर्थिक विकास र सामाजिक विकास तथा सुरक्षालाई मुख्य रणनीतिकोरुपमा लिइएको मेयर थापाले बताए । शिक्षातर्फ सामुदायिक बिद्यालयमा ५ बर्षमा ८० प्रतिशत बिद्यार्थी एसईइ परीक्षमा ए प्लस गे्रड ल्याउने गरी शिक्षा नीति तयार गरिएको छ । आधारभूत विद्यालयको कक्षा १ देखि ५ सम्मका बालबालिकालाई बिद्यालयमा निरन्तरता र टिकाई राख्न खाजाको व्यवस्थापन गर्ने, प्राविधिक बिषयमा स्नातक तहसम्म सञ्चालन गर्ने, एक घर एक धाराको रणनीति लिने लक्ष्य राखिएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पदवहाली भएको दुईवर्ष पछि बेलका नगरपालिकाले आवधिक योजना तयार गरेको हो । ‘सन्तुलित विकास, सम्मानित जीवन, समावेसी पुर्वाधार ः प्रविधि तथा वातवरणिय सन्तुलनसहित समाजवाद उन्मुख बेलका नगर’ मुख्यनारा बनाई नगरपालिकाले पञ्चवर्षिय आवधिक योजना निर्माण गरेको हो । उनले सिमिति स्रोतसाधनबाट धेरै काम गर्नु पर्ने भएकाले संघ र प्रदेश सरकारसँग समन्वय गरी विमानस्थल, कृषि तथा पर्यटन क्षेत्रको विकास गरिने बताए । थापाले आवधिक योजना कितावमा सबै बिषय समेटिएका भएपनि बिषयबस्तुलाई व्याखा गर्न बाँकी रहेको केहि छुटन गएका भए आएका सुझाब सल्लाहकारआधारमा समेटने बताए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री आङवोले आवधिक योजना नगरविकासको पहिलो खुडकिलो भएको बताए । उनले आवधिक योजनालाई नै टेकेर बाँकी रहेका काम र विकास निर्माणलाई अघि बढाउने हो भने समृद्ध बेलका नगर बन्ने कुरामा कसैले छेक्न नसक्ने ठोकुवा गरे । उनले विकासमा यो र त्यो, फलानो पार्टीभन्दा पनि माथि उठेर जनताको हितमा हुने गरी काम गर्न आग्रह गरे । मन्त्री आङवोले बेलकाले बनाएको आवधिक योजना प्रदेश १ का सबै स्थानीय तहलाई पाठ हुन सक्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले आवधिक योजना नगरपालिकाको मुख्य सम्पती भएको बताए । उनीहरुले हाम्रा र आफ्ना नभनी आवधिक योजनाले निदृष्ट गरेका योजनालाई आत्मसाथ गर्न सके नगर विकासमा कुनै समस्या नरहने बताए । कार्यक्रममा बेलका नगरक्षेत्रमा जन्मिएर विभिन्न तहमा रहेका ६ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोईराला, काष्ठमाण्डप क्याम्पसका प्रमुख पेशल लुईटेल, फोटो पत्रकार इश्वर रौनियार, डा. रामचद्र लामिछाने, नन्दलाल बास्तोलालाई सम्मान गरिएको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *