जलजलेमा सनराईज बैंकको ३५ औँ शाखारहति सेवा सुरु

जलजले । सनराईज बैंकले शनिबार उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा ३५ औँ शाखारहित सेवा सुचारु गरेको छ । सेवाप्रवाहको उद्घाटन एक कार्यक्रमका विच त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगतले गरे ।

ग्रामिण क्षेत्रका बासिन्दालाई सेवा दिने उदेश्यले सेवा विस्तार गरिएको बैंकका जलजले शाखाका प्रबन्धक उमेशप्रसाद कुसहवाले जानकारी दिए । थोरै पैसा जम्मा गर्न र झिक्न सदरमुकाम र उदयपुर सिमेण्ट उद्योग परिषरमा धाईरहन समय खर्चनु पर्ने र झन्झटिलो पनि हुने भएकाले घर छेउबाटै सेवा दिने उद्देश्यले शाखा रहित सेवाको सुरुवात गरेको प्रवन्धक कुसहवाले बताए ।

उक्त सेवामा दैनिक एक लाखसम्म जम्मा गर्न सकिने र ५० हजारसम्म देश विदेशबाट पठाएका पैसाहरु सहज र सरलरुपमा लिन सकिने उनले बताए । उक्त रकम भन्दा माथिको रकमको हकमा शाखा कार्यालय गाईघाटमै आउनु पर्ने छ ।

२०६४ सालमा बाणिज्य बैंककोरुपमा स्थापना गरिएको बैंकको १ सय ७ वटा शाखा, १ सय २० बढि एटिएम, एक्स्टेन्सन काउन्टर ४ ठाउँमा स्थापना भएको उनले बताए । ६ लाख बढि ग्राहक रहेका बैंक नेपालको २१ औँ बाणिज्य बैंक पर्दछ । प्रबन्धक कुसहवाले आगामी आर्थिक बर्षमा थप २५ ठाउँमा शाखा विस्तार गर्ने गरी अगाडी बढाएको बताए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *