बरुवाको नयाँ नेतृत्वमा पुनः निर बहादुर राई

उदयपुर । बरुवा सामुदायिक बन उपभोक्ता समिति उदयपुरको नयाँ नेतृत्वमा पुनः निर बहादुर राई चयन भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेमा रहेको सो समितिको दोस्रो अधिवेशन तथा साधारणसभाबाट राई सर्बसहमत चयन भएका हुन् । सम्मेलन तथा साधारणसभाले राई नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

चयन हुने नयाँ कार्यसमितिको उपाध्यक्षमा जयबहादुर राई, सचिबमा भोजराज लम्साल, सह–सचिबमा अशोक भुजेल र कोषाध्यक्षमा भिमा भुजेल रहेका छन् । त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा मिलन राई, मित्र कुमारी राई, लालध्वज बि.क., ज्ञानकुमारी श्रेष्ठ, अम्बिका राई, सिता बस्नेत, जीवन राई, कमल थापा, तिलक बहादुर रोक्का, सुबिन्द्र बि.क., दिपक खतिवडा र बुद्धि प्रसाद रिजाल रहेका छन् । उनिहरुलाई वडाअध्यक्ष समेत रहेका निर्वाचन मण्डलका संयोजक प्रकाश कुमार खड्काले सपथ गराएका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *