बेल्टार । चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले नगरलाई समृद्ध नगर बनाउन आफु लागि परेको बताएका छन् । आफ्नो पालिकामा भएको आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले सो कुरा बताएका हुन् । उनले नगरवासिको आधारभूत समस्याहरु स्वास्थ्य, शिक्षा र रोजगारिको पहिचानगरि समाधान गर्ने समेत बताएका छन् ।
आफ्नो नगरभित्र रहेको १० नम्बर वडामा स्वास्थ्य केन्द्र तत्काल सुचारु गर्ने समेत मेयर राईले बताए । उनका अनुसार एक घर एक धारा लगायत शिक्षालाई गुणस्तर बनाईने नगरको योजना रहेको छ । कार्यक्रममा नगरको प्रत्येक वडाबाट जनताको सुचना जनतालाई दिन एक पत्रकार उत्पादन गर्नेमा समेत उनको जोड थियो । चौदण्डीगढी मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रम बेल्टारको सिटिहलमा सम्पन्न भएको थियो ।
भिडियोः–
Facebook Comments