टिपरको ठक्करबाट उदयपुरमा १ को मृत्यु

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घुम्तिमा शनिबार बिहान टिफरको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा नै ज्यान गएको छ भने अर्का एक घाईते भएकाछन् । मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको ना.१.क.८३४७ नम्बर टिफरले वा. ९३.प.९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिदाँ मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ बर्षे बलबहादुर मगरको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाईकलमा सवार वलबहादुरका छोरा २५ बर्षीय सुजन मगर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए । घाईतेलाई उपचारका लागि बिराटनगर पठाइएको छ । नेपालटारबाट गाईघाट आउनेक्रममा सोही दिसाबाट आउँदै गरेको टिफरले मोडमा ओभरटेक गर्न लाग्दा दुर्घटना भएको स्थानीय नानु थापाले बताईन् । मोटरसाईललाई ठक्कर दिएपछि फरार रहेका टिफर चालकको खोजीकार्य भईरहेको एसपी राईले बताए ।

टिपर र मोटरसाईल घटनास्थलमै रहेको छ । राजमार्ग निर्माणमा प्रयोग हुने सवारी साधनहरु सिकारु सहचालकले चलाउने गरेकाले दुर्घटना बढेको स्थानीयको आरोप छ । सदरमुकाम गाईघाटबाट ३५ किलोमिटर पश्चिमी क्षेत्रमा निर्माणाधिन राजमार्गमा चल्ने यातायातका साधनमा ट्राफिक निगरानी नहुँदा पनि दुर्घटना बढेको स्थानीयको भनाई छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *